शैक्षिक सामग्री खरिदका लागि ७ हजार रुपैयाँ हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविका शिक्षक लक्ष्मण चौधरीले जन्मदिनको अवसरमा सोमबार ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । शिक्षक चौधरीले सोमबार विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईलाई शैक्षिक सामग्री खरिद गर्न सात हजार रुपैयाँ उपलब्ध गराउनु भएको हो ।

चौधरीले उपलब्ध गराउनु भएको रकमबाट शैक्षिक सामग्री खरिद गरी विद्यालयमा अध्ययनरत १ कक्षादेखि ५ कक्षासम्मका ४० विद्यार्थीलाई वितरण गरिने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाइले जानकारी दिनुभएको छ । पछिल्लो समय जनप्रिय माविका शिक्षकले जन्मदिनको अवसर पारेर विद्यालयलाई पुस्तक उपहार दिने, विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री दिने प्रचलन चलाएको छ ।