हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविको पूर्वविद्यार्थी समाजको संयोजकमा सुरेश श्रेष्ठ चयन हुनुभएको छ । विद्यालयमा शनिबार भएको पूर्वविद्यार्थीको भेलाले श्रेष्ठको संयोजकत्वमा सर्वसम्मत ७ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
समितिको सचिवमा दीपक सुवेदी, कोषाध्यक्षमा सञ्जय बस्नेत चयन हुनुभएको छ भने सदस्यमा दिलिप बानियाँ, सुरेन्द्र लामा, रवि नकर्मी र सायरा अन्सारी चयन हुनुभएको छ । तदर्थ समितिले वृहत भेला गरी श्रमिक मावि पूर्वविद्यार्थी समाजलाई पूर्णता दिनेछ । २०२२ सालमा स्थापित विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा पूर्वविद्यार्थी भेलाको आयोजना गरिएको हो । पूर्वविद्यार्थी भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, प्रधानाध्यापक श्रीराम दाहालको पनि उपस्थिति रहेको थियो ।