हेटौंडाः बालबालिकाको सहभागितामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ। शनिबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्नुभएको छ।
प्रतियोगितामा १९ वटै वडाबाट सहभागिता रहेको छ। बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाले बालमैत्री क्रियाकलापको रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । हाजिरीजवाफ प्रतियोगिता नगर बालसमूह सञ्जालले आयोजना गरेको हो ।
प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुस्तक, पेन र डायरी वितरण गरिने छ ।











