हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा फेरी जङ्गली हात्तीको आतङ्त बढेको छ । शुक्रबार राति ११ बजेको समयमा मनहरी–७ स्थित शान्तिटोल र ८ नम्बर वडास्थित सिमपानीमा गरी तीन घरमा क्षति पुर्याएको छ ।
हात्तीले शान्तिटोलका सञ्जय साहको काठको घरको ढोका भत्काएर घरभित्र रहेको १ बोरा धान खाएर नष्ट गरेको र सोही ठाउँकी लक्ष्मी परियारको ब्लकले बनेको घरको एक साइडको भित्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै सिमपानीका शिवलाल प्रजाको पनि घरको छानो र एक साइडको भित्ता भत्काएर १ बोरा चामल खाएर नष्ट गरेको जनाएको छ । यसअघि पनि यस क्षेत्रमा जङ्गली हात्तीले विभिन्न घरमा क्षति पु¥याएको थियो ।
हात्ती आएर क्षति गरेको भन्ने खबर प्राप्त हुनासाथ स्थानीय, नेपाल प्रहरी र पर्सा राष्ट्रिय निकुन्जबाट नेपाली सेनाको टोलीले हात्तीलाई जङ्गलतर्फ लखेटेको थियो । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।