तस्बीरः गुगल ।

हेटौंडाः चितवनको रत्ननगर नगरपालिकामा भएको दोस्रो रत्नप्रिय फुटबल प्रतिगोगिताको उपाधि प्याराडाइज युवा क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा खेलकुल विकास समिति रत्ननगर–१२ लाई २–१ गोल अन्तरले पराजित गर्दै रत्ननगर–७ को प्याराडाइज युवा क्लबले उपाधि जितेको हो ।

प्याराडाइजको तर्फबाट विकी चाम्लिङ राई र रोशन क्षेत्रीले एक–एक गोल गरेका थिए । प्याराडाइजका चाम्लिङ म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १० टिमको सहभगिता रहेको थियो ।