हेटौंडाः सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । कमानेमा भएको कार्यक्रममा १ महिला र १४ जना पुरुषले रक्तदान गरेका रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म मकवानपुरको १० औं स्थापना दिवसको अवसरमा भएको हो । मंगलबार भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।