साङ्केतिक तस्बिर

हेटौंडाः सिन्धुलीमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली जिल्लामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने हाईसले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ बाघमारामा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–२ का ४३ वर्षीय श्याम चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा धरानबाट काठमाण्डौ जाँदै गरेको बा ४ ख ५९४८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको ज ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसका ठोकिंदा चालक चौधरी र पछाडि सवार ५५ वर्षीय अरुण कुमार घाइते भएका थिए । घाइते दुवैलाई उपचारको लागि सिटि केयर अस्पतालमा बर्दिबास लगिएकोमा चौधरीको उपचारको क्रममा ५ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो । बस र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लियको छ ।

यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराईमा हाईसले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल चालक ५९ वर्षीय गंगा बहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार सोमबार साँझ ६ बजेर ३० मिनेटको समयमा काठमाण्डौबाट विराटनगर जाँदै गरेको प्र १–०२–००१ ख् ९६१० नम्बरको हाईसले सोही दिशाबाट जाँदै गरेको साईकल दिँदा विक गम्भिर घाइते भएका थिए । घाइते विकलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार साँझ ६ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।