Home मुख्य समाचार १५ जनाले रक्तदान गरे

१५ जनाले रक्तदान गरे

रक्तदान गर्दै सशस्त्र प्रहरी बल

हेटौंडाः सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । कमानेमा भएको कार्यक्रममा १ महिला र १४ जना पुरुषले रक्तदान गरेका रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म मकवानपुरको १० औं स्थापना दिवसको अवसरमा भएको हो । मंगलबार भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version