विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै प्रधानाध्यापक मालती उप्रेती ।

हेटौँडाः हेटौँडा–१, चाइनाक्वार्टरस्थित अमर माविले वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप पुस्तक प्रदान गरेको छ । “व्यक्तित्व विकासमा विद्यालयको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ का विद्यार्थीको सहभागिता रहेको थियो ।

गत शुक्रबार भएको प्रतियोगितामा कक्षा ९ ए बाट करुणा श्रेष्ठ प्रथम, शुभम् जोशी द्वितीय, विकल्प अर्याल तृतीय तथा सविना थिङ सान्त्वना भएका छन् । यस्तै कक्षा ९ बीबाट आशिष भण्डारी प्रथम, प्रशंसा सिकारी द्वितीय, युदीप तितुङ तृतीय हुँदा विपिशा सुवेदी र प्रवेश हटुवाल सान्त्वना भएका छन् । प्रतियोगितामा कक्षा ९ ए बाट १३ र ९ बी बाट ११ जना सहभागी थिए ।

पुरस्कार वितरणपछि प्रधानाध्यापकको साथमा उत्कृष्ट विद्यार्थीको सामूहिक तस्वीर ।

विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप निबन्ध र कविता कृतिसँगै प्रमाणपत्र वितरण गर्नुभएको छ । शुक्रबार भएको प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई आइतबार पुरस्कृत गरिएको हो । पुरस्कारमा पुस्तक दिँदा विद्यार्थीले अध्ययन गर्ने नयाँ सामग्री प्राप्त गर्ने र ती पुस्तक पढेर विद्यार्थीले आफ्नो ज्ञानको दायरा फराकिलो पार्न सक्ने अमर माविको नेपाली विषय शिक्षक डीबी बर्तौला बताउनुहुन्छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यार्थीलाई जिल्लाभित्रकै लेखकका कृति प्रदान गरिएको उहाँको भनाइ छ ।