इन्डक्सन (विद्युतीय चुल्हो हस्तान्तरण गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत विद्यार्थीले हेटौँडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई सहयोग गरेको छ । कक्षा–१२ मा प्रमुख विषय अंग्रेजी विषय लिई अध्ययन गरिरहेका विद्यार्थी र प्राध्यापकको एक समूहले सोमबार बिहान आश्रममै पुगेर आश्रमको आवश्यकताअनुसार एउटा इन्डक्सन (विद्युतीय) चुल्हो र खाद्यान्न सामग्री सहयोग गरेको हो ।

खाद्यान्नअन्तर्गत एक बोरा चामल, एक बोरा प्याज, एक क्रेट अण्डा र एक काटुन जुस सहयोग गरिएको छ । विद्यार्थीहरु कक्षामा अनुपस्थित हुँदा जरिवानाको व्यवस्था गरी संकलित रकमबाट आश्रमलाई सहयोग गरिएको हो । विद्यार्थीसँगै प्राध्यापकले पनि केही रकम सहयोग गरेका थिए । अहिले वृद्धाश्राममा २५ जना ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ । आश्रम सञ्चालक समितिका सदस्य किशोर ढकालका अनुसार आश्रममा वार्षिक ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्राप्त हुने गरेको छ ।

सहयोग सामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको आश्रित रहेको र उहाँहरु बिरामी भइरहने भएकोले स्याहारमा समस्या हुने गरेको बताइएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप र दमको समस्या रहेको छ । आश्रमले दैनिकी मधमेह र रक्तचाप परीक्षण गर्ने गरेको छ । परिवार भएका आश्रममा आश्रितलाई सम्भव भएसम्म परिवारमै पुनस्र्थापनाको प्रयास समेत गर्ने गरिएको ढकालले जानकारी दिनुभएको छ ।