माइलेज च्यालेन्जमा उत्कृष्ट तीन सहभागी पुरस्कृत भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुरका लागि यामाहा कम्पनिका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता राज मोटर्सले रे–जेड आर–१२५ एफआई हाईब्रीड स्कुटरको माइलेन्ज च्यालेन्ज तथा राइड आउट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३९ जनाको सहभागिता रहेको थियो । रानी दरबारस्थित यामाहा शोरुमबाट सुरू भएको र्याली बुद्धचोक, राप्तीरोड, सीमाचोक, चौकीटोल, संगमचोक, पारिजातपथ, कमाने, हटिया हुँदै पिप्लेस्थित रिगल हेटौँडा रिसोर्टमा समापन भएको थियो ।

कम्पनीले रे–जेड आर–१२५ एफआई हाइब्रीड स्कुटरको माइलेन्ज ५८ किलोमिटर प्रतिलिटर दाबी गरेकोमा ग्राहकले चलाएरै प्रमाणित गरेको राज मोटर्सले जनाएको छ । प्रतियोगितामा अधिकतम माइलेज ७७ किलोमिटर प्रतिलिटर आएको एमए डब्लुका एरिया सेल्स म्यानेजर मणिभूषण चौधरीले बताउनुभयो । प्रतियोगितामा सुशान्त सञ्जेल (७७.८४) प्रथम, सुमन पराजुली (७७.४२) द्वितीय, सन्देश श्रेष्ठ (७७.३५) तृतीय भए । उनीहरुलाई ट्रफीसहित प्रमाणपत्र प्रदान गरी सम्मन गरिएको राज मोटर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी गराउनु भयो ।

यसअघि पनि यामाहाले माइलेज च्यालेन्ज गरेको थियो । सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे समेत जानकारी लिन यस किसिमको कार्यक्रम नियमित आयोजना गर्ने गरेको राज मोटर्सका सञ्चालक श्रेष्ठको भनाइ छ । मकवानपुर जिल्लामा यामाहा कम्पनिका दुईपांग्रे साधन उपभोक्ताको रुचिमा परेको छ ।