रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः विश्व मुटु दिवसको अवसरमा शुक्रबार बिहान हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको आयोजना तथा लायन्स क्लब अफ हेटौँडाको सहयोगमा भएको कार्यक्रममा २७ जनाले गरेका छन् ।

भोलि शनिबार पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा शनिबार रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।