हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित विद्युतीय चार्जिङ स्टेशनमा विद्युतीय गाडी चार्ज गर्दै । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशनमा एकैपटक ६ वटा गाडी चार्ज गर्न सकिन्छ ।
चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै आसपासमा स–साना चियाखाजाका स्टल पनि सञ्चालनमा आएको छ । एउटा गाडी ३० मिनेटदेखि ४५ मिनेटसम्म चार्जिङ स्टेशनमा चार्ज गराउने गरेका छन् । सवारी साधन चार्ज गरेवापत अनलाइनमार्फत नै रकम भुक्तानी गर्न सकिनेछ । अनलाइनमार्फत नै भुक्तानी गर्ने व्यवस्था भएकोले चार्जिङ स्टेशन सञ्चालनका लागि प्राधिकरणले जनशक्ति परिचालन गर्नुपरेको छैन ।
हेटौँडा–बीरगन्ज तथा हेटौँडा–नारायणगढ विद्युतीय बस सञ्चालनमा आएको छ भने निजी विद्युतीय कारको संख्या पनि उल्लेख्य बढेकोले चार्जिङ स्टेशनको प्रयोग पनि बढेको छ ।