हेटौँडाः मकवानपुर प्रहरीले कारमा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयामा रोकी राखेको बा ६ च १८४७ नम्बरको कारको डिक्कीबाट ७१ किलो १ सय १५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले कार चालक मकवानपुरको कैलाश गाउँपालिका–१ का ३५ वर्षीय गणेश थापालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको गाँजा र कारसहित थापालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ ।











