हेटौँडाः हेटौँडा–१५ स्थित संसारी पुलमुनी भेटिएका मानिसको मृत्यु भएको छ ।
भदौ ७ गते गते संसारी पुलमुनी भेटिएका अन्दाजी ४५ वर्षीय पुरुषको परिचय समेत खुल्न सकेको छैन । बिरामी अवस्थामा फेला पारेका पुरुषलाई उपचारका लागि चितवन पठाएकोमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।