हेटौँडाः चितवन जिल्लाको माडी नगरपालिका–३, धोबहामा जंगली जनावरबाट बाली बचाउन लगाएको विद्युतीय पासोमा परी शनिबार एक युवकको मृत्यु भएको छ । विद्युतीय पासोमा परी २६ वर्षीय धिरन महतोको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
करेन्ट लागेर घाइते भएका महतोलाई माडीस्थित बघौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ पठाएको थियो । उपचारको क्रममा महतोको शनिबार राती ११ बजेर ५ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।