हेटौंडाः हेटौंडामा एक महिनादेखि चामलको भाउ स्थिर रहेको छ । उर्जा चामल प्रतिबोरा २२ सय (प्रतिकेजी ८५) रुपैयाँ, सावित्री चामल प्रतिबोरा १८ सय (प्रतिकेजी १ सय) रुपैयाँ, सानो मसिनो चामल प्रतिबोरा १८ सय ५० (प्रतिकेजी ७०) रुपैयाँ रहेको छ । यसैगरी सोल्टी चामल प्रतिबोरा २१ सय (प्रतिकेजी ८५) रुपैयाँ, सोना बासमती चामल प्रतिबोरा २१ सय (प्रतिकेजी ८५) रुपैयाँमा बिक्री भइरहेको होलसेल व्यवसायी सत्यबहादुर प्रजापतिले जानकारी दिनुभएको छ ।

प्रजापतिका अनुसार बजारमा भएको चामलले नयाँ धान पाक्ने बेलासम्म दुई महिनालाई धान्न सक्छ । चामल बिरगंजबाट ल्याएको प्रजापति बताउनुहुन्छ । चामल मिलवालाले राम्रो भाउ पाउन सकेको छैन । चामलले बजार नपाएको व्यापारीहरुले मूल्य बढाएकाले मात्रै हो । बजारमा त्यति धेरै माग नरहेको प्रजापतिले बताउनुभयो ।

यस्तै आज प्याज प्रतिबोरा १३ सय रुपैयाँदेखि १६ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । प्याज भारतले ४० प्रतिशत कर लगाएसँगै मूल्य बढेर आउने गरेको छ । व्यवसायीहरुले सरकारलाई १३ प्रतिशत कर तिर्दा जनताको ढाड सेक्ने काम गरेको व्यवसायीहरु बताउँछन् ।