गुगल तस्विर ।

हेटौँडाः चितवन र दोलखा जिल्लामा एकै दिन २ जना मृत फेला परेका छन् । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, संगमरोडमा एक पुरुष व्यक्ति मृत फेला परेका हुन् ।

अन्दाजी ४० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस्तै, दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६, सातदोबाटोमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका–४, छनाखु बस्ने २५ वर्षीया ङिमा तेम्बा लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

लामा मंगलबारदेखि सातदोबाटोस्थित एक होटलमा बसेकोमा बिहिबार साँझ ६ बजेसम्म बाहिर नआएपछि होटलका संचालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरी टोली खटी गई हेर्दा कोठा बाथ्ररुमको सावर भाँचिएको घाटीमा निलो कपडाको त्यान्द्रो रहेको अवस्थामा लामा मृत फेला परेको प्रहरीले जनाएको छ ।