हेटौंडाः हेटौंडामा जारी प्रथम समाज कल्याण कप फुंटबल प्रतियोगितामा एफसी सप्तरंगी र नमोबुद्ध एफसी विजयी भएका छन् । बिहीबार भएको खेलमा एफसी सप्तरंगी युवा क्लब र एफसी नमोबुद्ध विजयी भएका हुन् ।
हेटौंडा–१४, मयूरधापस्थित कालापानी मैदानमा भएको पहिलो खेलमा नवसप्तरंगी युवा क्लबले वाइट टाइगर एफसीलाई सडन डेथमा १–० गोलले पराजित गर्दै विजयी भएको थियो । नमोबुद्ध एफसीले युफी युनाइटेडलाई ट्राइबे्रकरमा ५–४ गोलले पराजित गर्दै विजयी भएको हो ।
नवसप्तरंगी युवा क्लबबाट निश्चल थिङ र युफी युनाइटेडबाट शितल मोक्तान खेलको म्यान अफ द म्याच घोषित भए । शुक्रबार पहिलो खेल २ः०० बजे गोल्पिन्टार युथ क्लब र चुरेकालिका युथ क्लबबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे सगरमाथा युथ क्लब र चौकीटोल युवा क्लबबीच हुने छ ।
प्रतियोगिमा १६ वडा टिमको सहभागिता रहेको हेटौंडा उपमहानगरपालिका वडा–१४ का बाल सञ्जाल अध्यक्ष सस्मीत ढकालले बताउनुभयो । प्रतियोगितामा विजयी टिमलाई ३० हजार उप–विजेतालाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिने ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिता आयोजनाका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने ढकालले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको ढकालले बताउनुभयो ।