रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रमा २५ जनाले रक्तदान गरेका छन् । मारवाडी युवा मञ्च हेटौँडाले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

बुधबार भएको कार्यक्रममा ३ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका हुन् । मारवाडी एसोसिएसन हेटौँडाका अध्यक्ष राजेन्द्र कुमार तायलको प्रमुख आतिथ्य तथा अध्यक्ष सशांक राज चनानीको अध्यक्षता र मारवाडी महिला मञ्चकी अध्यक्ष सुनिता शर्माको उपस्थिति कार्यक्रम भएको सम्पन्न भएको सापकोटाले जानकारी दिनुभयो । अहिले ओ पोजेटिभ रगतको अभाव रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।