हेटौँडाः हेटौँडामा सोमबार बिहान भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखा र पतञ्जली योग जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो ।
नियमित रक्तदान कार्यक्रम आयोजना भइरहेकाले रगतको मागअनुसार वितरण गर्न सहज भएको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । मंगलबार बिहान पनि हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।