आश्रमलाई सहयोग गरिदैँको तस्वीर ।

हेटौँडाः बागमती प्रदेश युवा परिषद् स्थापना दिवसको अवसरमा शुक्रबार प्रदेश युवा परिषद्ले हेटौँडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले आश्रमलाई दुई बोरा चामल, १० केजी दाल, १ काटुन तेल, १० केजी नुन सहयोग गर्नुभएको छ । आश्रममा दैनिक सहयोगी उपस्थित हुने गरेको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।