हेटौंडाः विश्व रेडक्रस दिवसको अवसरमा ४९ जनाले रक्तदान गरेका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पिप्लेको आयोजना र जिल्ला रेडक्रसको समन्वयमा रक्तदान भएको रक्तसञ्चार केन्द्रका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा ४ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेको रिमालले बताउनुुभयो । पछिल्लो समय दैनिकजस्तै रक्तदान कार्यक्रम भएको छ उहाँले जानकारी दिनुभयो । आइतबार हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।

आज मंगलबार जिल्ला अदालत मकवानपुरको आयोजनामा रक्तदान कार्यक्र आयोजना हुने प्राविधिक रिमालले जानकारी दिनुभयो । अहिले केन्द्रमा रगतको कुनै अभाव नभएको र १५० युनिट रगत स्टक रहेको उहाँले बताउनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।