लिटिल बडी प्रिस्कूलबाट दीक्षित गरिएका विद्यार्थीहरुको सामुहिक तस्विर ।

हेटौंडाः हेटौंडा–४, हुप्रचौरस्थित लिटिल बडी प्रिस्कूलले युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार बिहान स्कूलमै एक कार्यक्रमका बीच १४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । लिटिल बडी प्रिस्कूल बेलायती फ्रेन्चाइज स्कूल हो ।

प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजी गरी चार तहमा १ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । लिटिल बडीबाट प्रिस्कूल तहको अध्ययन पूरा गर्ने यो दोस्रो समूह हो । विश्वस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकाको उचित विकासका लागि फ्रेन्चाइज प्रिस्कूल सञ्चालन गरिएको सञ्चालक एवम् प्रिन्सीपल योवराज दाहाल जानकारी गराउनुभयो ।

दीक्षान्त कार्यक्रममा सहभागी अभिभावकले आफ्ना बाबुनानीले लिटिल बडीमा राम्रो शिक्षा र स्याहार पाइरहेको उल्लेख गर्दै अब विद्यालय तहमा पनि यस्तै शिक्षा पाउँछन् कि पाउँदैनन् भन्नेमा चिन्ता बढेको बताएका छन् ।