हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपालिकामा रहेका सहकारीका व्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम शुरु भएको छ ।
तालिम उद्घाटन गर्नुहुँदै वागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताउनुभयो । देबकोटाले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, प्रशिक्षक किरण पौडेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलको आतिथ्य रहेको थियो ।
तालिममा हेटौंडा उपमहानगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकामा २ सय २५ वटा सहकारी संस्थाहरु रहेको हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख पौडेलले बताउनुभयो । हालसम्म ३ चरणमा कोपोमिस तालिम सञ्चालन गरिएको र सबै सहकारीका कर्मचारीहरुलाई कोपोमिस तालिम दिने लक्ष्य रहेको समेत पौडेलले बताउनुभयो ।