हेटौंडाः नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै काठमाडौंमा सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय भएको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिनुभयो ।
बैठकले सत्तापक्षीय गठबन्धन दलहरुविच सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय समेत भएको उहाँले बताउनु भयो । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने आज हेटौंडा नआउने चित्रकारले बताउनुभयो ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिने कार्यतालिका थियो । कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुनेभएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।