फाइल तस्बिर ।

हेटौंडाः लागुऔषध गाँजासहित दुई किशोरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ ५ बजेर ४० मिनेटको समयमा हेटौंडा–१५, रातोमाटेबाट ना ४० प ४१७ नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा लेगार्डमा झुण्ड्याएको अवस्थामा एक केजी दुई सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध गाँजासहित मोटरसाइकल चालक हेटौंडा–१५ का १९ वर्षीय सरोज भोलन र मोटरसाइकलको पछाडि सवार मकवानपुरगढी गाउँपालिका–८ का १८ वर्षीय प्रकाश स्याङ्तानलाई पक्राउ गरेको छ ।