सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः हेटौंडा–१९, गुम्बाचोकमा कुखुराको खोरमा आगोलागी हुँदा आठ सय कुखुराको चल्ला नष्ट भएको छ ।

हेटौंडा–१९, गुम्बाचोकका जयबहादुर गोलेको कुखुराको खोरमा आज बिहीबार बिहान साढे ८ बजे विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ । १५ बोरा दानासमेत नष्ट हुँदा ५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ ।