आँखा परिक्षण गराउँदै ।

हेटौंडाः लायन्स क्लबको आयोजनामा सोमबारबाट निःशुल्क आँखा परिक्षण शिविर सुरु भएको छ । सोमबार पहिलो दिन बारा जिल्लाको महेशपुर र सर्लाहीको हरिवन नगरपालिकामा आँखा परिक्षण शिविर भएको छ ।

बाराको महेशपुरमा ३ सय ९१ जनाको आँखा परिक्षण गरिएकोमा ९२ जनामा मोतिविन्दु भेटिएको कार्यक्रम संयोजक अमित शर्माले जानकारी दिनुभयो । यस्तै सोमबार नै सर्लाहीको हरिवन नगरपालिकामा भएको शिविरमा ३ सय ३६ जनाको आँखा परिक्षण गरिएकोमा ३६ जनामा मोतिविन्दु देखिएको उहाँले बताउनुभयो । मोतिविन्दु देखिएकाहरुलाई बुधबार हेटौंडा आँखा अस्पतालमा ल्याइने र बिहीबार शल्यक्रिया गरिने उहाँले बताउनुभयो । नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले आँखाको परिक्षण गरिरहनुभएको छ ।

यस्तै, मंगलबार मकवानपुरको बागमती गाउँपालिकाको फापरबारी, बारा जिल्लाको भादाह र बाराकै इनवसीरामा शिविर हुनेछ । बुधबार मकवानपुरको राक्सिराङ गाउँपालिका, हेटौंडाको बसामाडी गुम्बामा र पर्सा जिल्लाको वीरगंजमा आँखा शिविर हुने जनाइएको छ ।