हेटौंडाः हेटौंडा–१०, बसपार्कमा सामूहिक बेलविवाह कार्यक्रम सम्पन्न भएको छ । बुधबार र बिहीबार दुईदिन आयोजित बेलविवाह कार्यक्रममा ८८ कन्याको सहभागिता रहेको थियो ।
नेवारी परम्पराअनुसार महिनावारी हुनुभन्दा अघि बेलाविवाह गरिन्छ । परम्परा र संस्कृतिअनुसार बेलविवाह गर्न गुरु तथा स्रोतसाधन जुटाउन असहज हुने अवस्थाका कारण हेटौंडामा २०२९ सालदेखि सामूहिक बेलविवाहको कार्म गर्दै आएको छ । हेटौंडामा सामूहिक बेलविवाह गुठी नै स्थापना गरिएको छ । मकवानपुर जिल्लाका मात्रै नभई सामूहिक बेलविवाह कार्यक्रममा चितवन, बारा, पर्सा, रौतहटका कन्या समेत सहभागी हुने गरेका छन् ।