हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ । शुक्रबार बागमती प्रदेश सभाका प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री पाण्डेले राजिनामा पत्र बुझाउनुभएको हो ।
पाण्डे गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर सपथ समेत लिइसक्नुभएको छ । पाण्डे धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पाण्डेले गठबन्धनको समर्थनमा २०७८ कात्तिक ११ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । पाण्डेभन्दा अगाडी बामगती प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र पहिलो पटक डोरमणि पौडेलले सम्हाल्नुभएको थियो ।