सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकामा महिलाको शव बरामद भएको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा शनिबार साँझ ३५ वर्षीया सरस्वती वाईबाको शव आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घटनामा संलग्न भएको अभियोगमा स्थानीय एकजनालाई आइतबार साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान र सोधपुछमा पक्राउ परेका व्यक्तिले अभियोग स्वीकार्ने संकेत देखिएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ । प्रहरीले थप अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको अध्ययन अझ स्पष्टरुपमा अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।