मतगणना गर्दै ।

हेटौंडाः मकवानपुरमा दुई वटै क्षेत्रको मत गणना जारी रहेको छ । हालसम्मको मत गणना परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र प्रदेश सभा क्षेत्र नम्बर १ को (क) मा नेकपा एमालेको अग्रता रहेको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा २ हजार १ सय २९ मत गणना सकिएको छ । मत गणनाको सार्वजनिक गरिएको नतिजा अनुसार नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको मत अनुसार नेपाली काँग्रेसले १ हजार १ सय ९२ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसलाई पछ्याउँदै नेकपा एमालेले ६ सय ३८ मत प्राप्त गरेको छ । यस्तै, हँसिया ताराले ६ सय ३८ मत र राप्रपाले ६५ मत प्राप्त गरेको छ ।

यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ को (क) मा २ हजार ३ सय ५८ मत गणना भएको छ । प्रदेश सभामा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले ७ सय ७४ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ७ सय ५२ मत प्राप्त गरेको छ । यस्तै, राप्रपाले ६ सय ६६ मत प्राप्त गरेको छ ।