केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भएको गलत राजनीतिकोविरुद्धमा आगामी निर्वाचन रहेको बताउनुभएको छ । सोमबार हेटौंडा–१३ स्थित पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन हाम्रो भविष्य कस्तो बनाउन निर्णय गर्ने दिन रहेको बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन देशमा भइरहेको दशकौँदेखिको राजनितिक अभ्यास, भ्रष्टाचारलाई संस्कृती बनाउने, सत्ताका लागि जे पनि गर्ने विरुद्धको निर्वाचन रहेको बताउनुभयो । अहिले पटक–पटक सत्तामा पुगेका र जनताका लागि केही नगरेका नेताहरु फेरी पनि सत्तामा पुग्न अनेक उपाय लगाएर मत माग्न आइरहेको बताउनुहुँदै उहाँले अब जनताले यस कुराको मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले भोट दिने कुरा छोरी दिने भन्दा ठुलोे कुरा रहेको बताउनुभयो ।