हेटौंडाः मकवानपुर क्योकुसिन कराँते संघ बालकुमारीको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको छ । संघको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
हेटौंडा–४, हुप्रचौरस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रक्तदान कार्यक्रम भएको हो । संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन समारोह भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको पनि आतिथ्य रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।