गुगल तस्विर ।

हेटौंडाः काभ्रेको मन्थली नगरपालिका–११ गेलुमा नवराज नेपालीको १३ दिनकी छोरी मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार सुतेको स्थानमा नै बालिका मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

छिमेकीले शंकास्पद रहेर खबर गरेपछि प्रहरी टोेली खटिएर बालिकाको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धुलीखेल पठाएको जानकारी दिएको छ ।