हेटौंडाः द सन अफ लाइट मकवानपुरले आइतबार विश्वज्योति आधारभूत विद्यालय, हेटौंडा—१५, चिप्लेटीका २ सय ९ जना विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण गरेको छ । प्रतिविद्यार्थी एक हजार ८ सय रुपैयाँ मूल्यका ट्रयाकसुट र टिसर्ट वितरण गरिएको द सन अफ लाइट मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिनुभयो ।
५४ जना विद्यार्थीलाई केही दिनमा फेरि ट्रयाकसुट र टिसर्ट वितरण गरिने उहाँले जानकारी दिनुभयो । २ लाख रुपैयाँभन्दा बढी रकमको ट्रयाकसुट र टिसर्ट वितरण गरिएको उहाँले बताउनुभयो । अभिभावकहरुले सधैं बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने वातावरण सिर्जना गर्न तथा विद्यार्थीलाई नियमित विद्यालय आउनुपर्छ भन्ने बानीको विकास गर्न ट्रयाकसुट र टिसर्ट वितरण गरिएको उहाँको भनाई छ ।
विपन्न विद्यार्थीलाई लक्षित गरी ट्रयाकसुट र टिसर्ट वितरण गरिएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान घलानको सभाध्यक्ष तथा बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङका बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, नेकपा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राईलगायतको उपस्थिति थियो ।