सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुुरमा आज आइतबार ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा चार जनामा र दुई जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा एक जनामा गरी पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ ।

संक्रमण पुष्टि हुने पाँचै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । जिल्लामा हाल २० जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमा सबै जना होम आइसोलेसनमा उपचारत छन् । यसै अवधिमा ६ जना कोरोना संक्रमित कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।