हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा २४ जनाको पिसीआर विधिबाट स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कसैले पनि कोरोनालाई जितेका छैनन् । स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ३० जना रहेको छन् । सबै सक्रिय संक्रमित घरमै आइसोलेसनमा उपचाररत छन् ।