हेटौंडाः सिडेन बागमती प्रदेशको आयोजनामा हेटौंडा–२ स्थित ओम बृद्धाश्रममा आश्रीतहरुलाई खाना खुवाईएको छ । ईन्जिनियर पेशालाई थप मर्यादित र सम्मानित बनाउन ६० औं ईन्जिनियर्स दिवसको अवसरमा बृद्धाहरुलाई खाना खुहाउने कार्यक्रम गरिएको थियो ।
मंगलबार सिडेनले बृद्धाश्रममा खानाखर्च बराबरको ७ हजार ५ सय रुपैयाँ सहयोग गरेको बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो ।