हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ८ वटा वडाहरुको एकैसाथ मत गणना भईरहेको छ । वडा नम्बर ३, ४, ५, ६, १४, १५, १६ र १७ नम्बर वडाको अहिले मत गणना भईरहेको छ ।
अहिलेसम्म वडा नम्बर ३ को २ हजार ७ सय ६, वडा नम्बर ४ को १ हजार ४ सय ४, वडा नम्बर ५ को १ हजार ६ सय १४, वडा नम्बर ६ को १ हजार ४ सय १२, वडा नम्बर १४ को एकसय ५०, वडा नम्बर १५ को ५ सय, वडा नम्बर १६ को १ हजार ५ सय १३ र १७ को १ हजार ६ सय ८४ मत गणना सकिएको छ । अझै मत गणना जारी रहेको छ । हालसम्म हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ ।










