सांकेतिक तस्वीर ।

हेटौंडाः मोटरसाइकल दुर्घटनामा परी हेटौंडा–१९, बस्तीपुरका २० बर्षीय विशेष दाहालको मृत्यु भएको छ । सोमबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, नयनचोकमा दाहालले चलाएको मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दाहाल गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका दाहाललाई भरतपुरस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलमा भतरपुरको विशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेका दाहाल सोमबार बेलुकी ९ बजेको समयमा विपरित दिशाबाट आएको ना ३८ प ७८७६ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । हेटौंडा–१९, बस्तीपुरका दाहाल अध्ययनका लागि भरतपुरस्थित मामाघरमा बस्दै आएका थिए ।