निर्वाचनको लागि प्राप्त भएको मतपत्र हेर्दै कर्मचारी ।

हेटौंडाः आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीब्र रुपमा भईरहेको छ । मकवानपुर जिल्लामा निर्वाचनको लागि ३ लाख २५ हजार मतपत्र आइसकेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुङ्बनाथ अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचनको तयारीका लागि शनिबार पनि कर्मचारी खटिएको छ । शनिबार मतदाता परिचय पत्र मिलाउने काम भएको छ । आज आइतबारबाट सबै मतदान केन्द्रमा मतदाता परिचय पत्र पठाउने तयारी भएको पोखरेलले जानकारी दिनुभयो । यस्तै आज नै मतपत्र, मतपेटिका जस्ता निर्वाचन लागि आवश्यक सम्पुर्ण सामाग्री पठाउने तयारी छ । २७ गते बेलुकाबाट निर्वाचन मौन अवधि सुरु हुने हुँदा २७ गतेभन्दा अगाडी सम्पुर्ण तयारी पुरा भइसक्नुपर्ने पोखरेलले बताउनुभयो ।

मकवानपुरमा ३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीले तालिम समेत दिइसकेको छ । मतदान केन्द्रलाई कसरी व्यवस्थित गर्ने, मतदान कसरी गराउने, नियम प्रक्रियाको बारेमा तालिम दिइएको हो । ५ सयसम्म मतदाता रहेको मतदान केन्द्रमा ७ जना निर्वाचन अधिकृत सहितको अन्य कर्मचारी टोली खटिने पोखरेलले बताउनुभयो । यस्तै, ५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित ८ जना कर्मचारी टोलि खटिने छ ।