हेटौंडाः नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बानियाँलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस बागमती प्रदेश समितिले बानियाँलाई हेटौंडाको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि बानियाँ हेटौंडा–५ को वडा अध्यक्ष हुनुहुन्थ्यो । सत्ता गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो । सत्ता गठबन्धनबीचको सहमतिमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा उम्मेदवार बन्दै हुनुहुन्छ । यता नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त प्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार बन्दै हुनुहुन्छ ।











