निर्वाचन अधिकृतको कार्यालय परिसरमा उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्नुहुँदै सुदीप राजबाहक ।

हेटौंडाः नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा २ नम्बर वडा सदस्यमा विजयी हुनुभएका सुदीप राजवाहकले आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर राजबाहकले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

२०७४ सालको निर्वाचनमा २ नम्बर वडामा नेपाली कांग्रेसबाट राजबाहक एक्लो सदस्यको रुपमा विजयी हुनुभएको थियो । पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा वडा अध्यक्षको उम्मेदवार बनेको राजबाहकको भनाइ छ ।