हेटौंडाः आईतबार सञ्चालन भएको शिविरमा ६५ जना महिलाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा हेटौंडा–१९ ज्यामिरमा भएको निशुल्क स्वास्थ्य शिविर भएको हो ।
शिविरमा पाठेघर, स्तन क्यान्सरको साथै प्रजनन् फिस्टुला सम्बन्धी रोग परिक्षण गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।











