सांकेतिक तस्बिर ।

हेटौंडाः चैत महिनामा हेटौंडा अस्पतालमा १८ जना किशारी आमा बनेका छन् । आमा बन्नेमा सबै २० बर्षभन्दा कम उमेरका रहेका हेटौंडा अस्पतालका प्रसुति गृहका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

हेटौंडा अस्पतालमा चैत महिनाको १ सय ७१ जनाको प्रसुतिमा १८ जना २० बर्षभन्दा कम उमेरका रहेका हेटौंडा अस्पतालको प्रसुति गृहको विरणमा उल्लेख रहेका छन् । सुत्केरी हुनेमा १७ देखि १८ बर्ष उमेरका धेरै रहेका छन् । प्रसुति गराउन आउनेहरुमा मकवानपुर जिल्लाका मात्र नभई बाहिर जिल्लाका रहेको जनाएको छ ।

सानो उमेरमा आमा हुँदा शारीरिक विकास पूर्ण रुपमा नहुने भएकोले महिलालाई विभिन्न रोग लाग्ने महिला तथा प्रसुति रोग विशेषज्ञहरुको भनाई छ । पछिल्लो समयमा सानो उमेरमा आमा भएका अधिकांश महिलाहरुमा पाठेघर खस्ने समस्या हुने गरेको हेटौंडा अस्पतालले जनाएको छ । महिला रोगहरु देखिनुको मुख्य कारण नै सानो उमेरमा विवाह गरी बच्चा जन्माउनु रहेको महिला रोग विशेषज्ञहरुको भनाई छ ।