हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयका एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । यौन दुव्र्यवहारको अभियोग लागेका तीनजना मध्ये हेम बिक शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।
विकसहित ३ जनाविरुद्ध प्रहरी कार्यालयमा जाहेरी परेकाले अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता दासले बताउनुभयो । तीन जना शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । अभियोग लागेका अन्य दुई शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक भने अझै फरार रहेको दासले बताउनुभयो । उनीहरुको अहिले खोजी कार्य भइरहेको जनाएको छ ।