डा.गणेशकुमार पौडेल

मन्दिरमा गएर भजन गाए
हितैसि भित्र काँहा आफै नै धाए

सादमा खचडे भएको हुँदा
जीवनमा मैले सफलता पाए ।।

मान्छे हो हेर आफैँ आत्तिन सक्छ
मदिरा नपिए पनि मातिन सक्छ

खचडे वा शत्रु भएन भने
घमण्डले मान्छे आफैँ पातिन सक्छ ।।

खचडेले सज्जनलाई दुःख दिन्छ
कसुरै नगरि दुइमनि गरि हिँड्छ

त्यस्तो व्यक्ति फेरी हत्पत्ति मर्दैन
जति सक्यो चाँडै त्यो अपराधी मरे हुन्छ ।।

टोल बद्लियो खचडे उस्तै छ
समाज फेरियो खचडे त्यस्तै छ

मरेको सिनो घिच्याई रहने
खचडेको रुप स्यालको जस्तै छ ।।

सोझा साझालाई खचडेले ठेल्छ
निमुखालाई पाए सम्म उसले पेल्छ

आफू निस्प्राण बेलना चकला बनेर
अरु सारालाई रोटी बनाई बेल्छ ।।

समयले आफैँ कोल्टे फेर्छ एकदिन
दयाको पात्र बन्नैपर्छ त्यो एक दिन

मै हौ भन्ने खचडेको शरीर पनि
आगोले छाडदैँन सकार्छ एकदिन ।।

अत्यन्तै खुशी भई खचडेले शरीर सजायो
दुःखी र दरिद्रि हुने दिन पनि त्यसको आयो

दिन हिनले समेत कठै बबरा भनेनन्
त्यो खचडेले एकोहोरो शंखपो बजायो ।।

सधै मालिक झुक्याएर हिँड्छ
लगैप्टी बिहिन हिँड्ने त्यो लाचारी

हिजो आज दौरा सुरुवाल लाएर हिँड्छ
त्यो खचडेले सबै लाज घिन पचाउँछ ।।

त्यो समाजको नै बाधक हो
टोल महल्लाको घातक हो

त्यो खचडे सधैँ नै आफ्नो
स्वार्थमा लाग्ने साधक हो ।।

आफ्नो फोहोर अरुलाई देखायो
दुर्गन्धले दुनियाँलाई रुवायो

खचडेलाई अरुको होइन
आफ्नै शरीरको छायाँले सतायो ।।

जहाँ खचडे चुरिफुरी गर्छ
त्यसलाई निउरी मुन्टी लगाउँनुपर्छ

यदि उसलाई केही नगर्ने हो भने
समाज विकासमा पछाडी पर्छ ।।

खचडे हाँसि रहेछ उसको ठाउँमा
बलात्कृत रोइरहेछ आफ्नै गाउँमा

प्रइन अनुत्तरित छ कोही दयालु छैन
उल्टै पक्राउ पूर्जी आउँछ निर्दाको नाउँमा ।।