फलफुल वितरण कार्यक्रम ।

हेटौंडाः ६५औ राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) मा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । आज बिहान अस्पतालमा उपचाररत ८० जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।

६५औं राष्ट्रिय सहकारी दिवन मुल समारोह समितिको आयोजनामा फलफुल वितरण कार्यक्रम भएको हो । बागमति प्रदेशको भुमि व्यवस्था, सहकारी तथा गरिविनिवारण मन्त्रालय सहकारी महाशाखाका प्रमुख नारायण प्रसाद ज्ञवालिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता रहेको थियो ।

“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नाराका साथ भोली देशभरी सहकारी दिवस मनाइँदैछ । मकवानपुरमा पनि बिशेष र्‍यलिका साथ दिवस मनाउने तयारी भएको छ । फलफुल वितरण कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख राजेश प्रसाई लगायतको उपस्थिति रहेको थियो ।